arrow

बालदिवसमा बालबालिकालाई योग साधना अभ्यास

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
yog2.jpg

काठमाडौं ।  सुनिश्चित बाल अधिकार : सम्वृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आइतबार बाल दिवस मनाइदैछ । यहि अबसर पारेर नेपाल मानव धर्म सेवा समितिले भदौ २८ गते विभिन्न कार्यक्रम गदै बाल दिवस मनाएको छ ।

संस्कार युक्त बालदिवस मनाउने उद्देश्यका साथ नेपाल मानव धर्म सेवा समिति तथा विभिन्न संघसस्थामा आवद्ध बालबालिकाहरुलाई एकै ठाँउमा भेला पारेर बाल दिवस मनाएको हो ।  

सानै देखि योग साधनाको अभ्यास गराउन सेक भविष्यमा स्वस्थ नागरिक बन्ने विश्वासका साथ कार्यक्रममा सन्त महात्माहरुले बालबालिकाहरुलाई योग तथा साधनाको अभ्यास गराएका थिए ।

कार्यक्रमा बालबालिकाहरुलाई विभिन्न चरणमा विभिन्न खालका प्रतियोगिताहरु गराईएको थियो । साथै बालबालिकाहरुले गीत, नाटक, नृत्य गर्नुको साथै आफूमा भएको प्रतिभाहरु पनि देखाएका थिए ।

बालबालिकाको विकास, संरक्षण, स्वास्थ्य र सहभागिता जस्ता विभिन्न अन्तराष्ट्रिय प्रतिवद्धता पुरा गर्न हरेक वर्ष भदौ २९ गते नेपालमा बाल दिवस मनाउदै आइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ