arrow

‘अरिङ्गाल’हरुलाई कारबाही हुन्छ कि हुन्न?

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
suman-malla-kiran-koirala.jpg

काठमाडौं। नेपाली कांग्रेसले बाँकेमा जनजागरण कार्यक्रममा भएको आक्रमणमा ‘अरिङ्गाल’हरु’लाई कारवाहि हुन्छ की हुन्न भन्दै संसदमा प्रश्न गरेका छन्। उक्त काण्डमा गृहमन्त्रीको जवाफ चित्त बुझ्दो णभएको भन्दै कांगरेसले संसद अवरोध गरेको हो। अवरोध पछि संसद सोमबारसम्मका लागि स्थगित भएको छ।

बैठकको शुरुमा कांग्रेस प्रमुख सचेतक बाकृष्ण खाँडले सरकारको जवाफ मागेका थिए। सरकारी पार्टीका सदस्यहरुले अर्को पार्टीको सभा विथोल्नु घोर निन्दनीय भएको उनले बताए । घटना हुँदा स्थानीय प्रशासन मौन देखिएको भन्दै उनले योजनाबद्ध त होइन, भन्ने प्रश्न गरे । जागरण अभियानलाई प्रभाव पार्ने उद्देश्यले आक्रमण गरेको भन्दै उनले भने, ‘यस्तो घटनाबाट विचलित भएर अभियान रोक्दैनौं ।’

प्रश्नउत्तरका क्रममा कांग्रेस सांसदहरुले भने गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताए । घटनामा संलग्नहरुबारे किटानी जाहेरी दिएको भन्दै उनीहरुले ‘अरिङ्गाल’हरुलाई कारबाही हुन्छ कि हुन्न प्रष्ट जवाफ दिन माग गरेका छन् ।फेरि जवाफ दिन रोष्टममा पुगेका गृहमन्त्री थापाले नेकपाको निर्देशनमा घटना नभएको बताए । तर नेकपाका कार्यकर्ता संलग्न हुनसक्ने भन्दै कारबाही गर्ने दोहोर्‍याए ।

तर उनको जवाफमा कांग्रेसले चित्त बुझाएन । किटानी जाहेरी दर्ता गर्न निर्देशन दिएपछि मात्र संसद चलाउन सहयोग गर्ने सचेतक पुष्पा भुसालले बताइन् । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भयो ।

घट्ना विवरण

वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका कांग्रेस सभापतिसहित पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको छ ।

बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३-१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी सांघातिक हमला गरेका हुन् ।

उनिहरुले “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेका थिए ।

घटनाको नेपाली कांग्रेसले निन्दा र भत्र्सना गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गर्दै  आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

 

घटनामा जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । नेकपाका ५०-६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए ।

'यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ' विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, 'बढदो महंगी, भ्रष्टाचार, महिला हिसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।'

साथै, भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिएको छ । कांग्रेसले जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत नेकपालाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ