arrow

बालदिवसमा बिभिन्न जात जातिका झाँकी

logo
गेपाल अधिकारी,
प्रकाशित २०७६ भदौ २९ आइतबार
jhaki-ilam.jpg

इलाम।  सुर्योदय नगरपालिकाले भिन्न किसिमले वाल दिवस मनाएको छ । सुनिश्चत बालअधिकार,समृद्ध नेपालको आधार भन्ने मुल नाराको साथमा मनाइने यस दिवसमा नगरपालिकाले जिल्लाका राउटे, लेप्चा, तामाङ्ग, गुरुङ्ग, सुनुवार, मगर, नेवार, राई समुदायको जातित्व झल्कने किसिमका झाँकी प्रस्तुत गरेर दिवस मनाएको छ ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद, महिला वालवालिका तथा समाज कल्याण शाखा र हेचाहका लागि उत्प्रेरण कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एक र्दजनभन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा र्‍याली साथमा झाँकीसहीत करिव १५०० बढी विद्याथीहरुले सहभागीता जनाएका थिए । कार्यक्रमा रर्‍याली तथा झाँकीवाट उत्कृष्ट बनेका विद्यालयहरुलाई प्रमाण पत्र सहित नगद प्रदान गरिएको थियो ।

शिक्षा शाखा उपसचिव रुद्र नारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सुर्योदय नगरपालिका कार्यवाहाक नगर प्रमुख दुर्गा देवी भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमाको स्वागत मन्तव्य महिला वालवालिका तथा समाज कल्याणकी संयोजक तारा शेर्पाले गरेकी थिइन् । कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत प्रकाश राज पौडेल,सुर्योदय नगर पप्सन अध्यक्ष लाकेल लामा,सामाजिक विकास समिति सदस्य भोगेन्द्र बहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम शिक्षा शाखा अधिकृत योग निधी भट्टराईले सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ