arrow

पत्रकार गिरफ्तारीको कांग्रेसद्वारा भर्त्सना, तत्काल रिहाई गर्न माग

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं ।  सरकारी संचार माध्यममा डोटीमा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाइरहेका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पत्रकारहरुलाई गरिएको गिरफ्तारीको नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।

सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पत्रकार रामप्रसाद दाहाल, अजयवावु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलिप पौडेल, मिन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाई गर्न र डोटीका पदमुक्त गरिएका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा वहाली गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,' मंगलबार बेलुकी मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूलाई डोटीको प्रकरणका बारेमा समेत ध्यानाकर्षण गराइएको थियो । यसबारे यथाशीघ्र निर्णयमा पुग्न नेपाली कांग्रेस सरकारलाई सार्वजनिक रुपले सचेत गराउन चाहन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ