arrow

भिरबाट लडेर २ जनाको मृत्यु

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
gulmi_district_map.png

गुल्मी । गुल्मीमा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को थाममा ४३ वर्षिय बिरहादुर केसी र मदाने गाउँपालिका वडा नम्बर ५ मलागिरीमा नरे सार्कीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

बिरबहादुर पसलमा सामान किन्न गएका थिए । उनि घरमा फर्केर नआएपछि घर परिवारले खोज्दै जाँदा भिरबाट लडेर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै नरे घाँस काट्न गएको बेला भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक २ जना भिरबाट लडेर करिव ३ सय मिटर खसेको प्रहरीले जनाएको छ । मृतक २ जनाको सवलाई गुल्मी अस्पताल तम्घासमा पोष्टमार्टको लागि ल्याएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ