arrow

नर्सिङ पढ्दै गरेकी छात्रा प्रतिष्ठानको होस्टलमा झुण्डिएको अवस्थामा फेला

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
bpkoirala.jpg

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक छात्रा होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । बिएससी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देव  मंगलबार आफू बस्ने होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्  । हत्या हो या आत्महत्या त्यस बिषयमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।  

प्रहरीका अनुसार मृतक अञ्जनाको रुम पार्टनरको मंगलबार बिहान डिउटी परेका कारण होस्टल कोठामा उनी मात्रै थिइन् । बिहान कलेजका लागि अञ्जना साढे ७ बजेतिर होस्टल कोठाबाट निस्किए पनि पुनः कोठामै फर्किएकी थिइन् ।

रुम पार्टनर डिउटी सकेर आउँदा उनले ढोकामा पटकपटक ढकढक्याएकी थिइन् । तर ढोका खुलेन । ढोको नखुलेपछि उनले चेपबाट चिहाएर हेर्दा झुण्डिएको अवस्थामा देखिन् । त्यसपछि सबैलाई उनले गुहारिन् । कोठामा पछाडि पट्टिको ढोका खुल्ल थियो । त्यहाँबाट भित्र छिरेर साथीहरुले नै मृतकलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षसम्म उपचार गर्न पुर्याएका थिए ।

अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले बताएको छ । मृतकको शव वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा नै राखिएको छ । थप अनुसन्धानपछि अभिभावकलाई उनको शव बुझाउने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ