arrow

मैलुङ राजमार्ग सञ्चालनको तयारी

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
myaglung-road.jpg

रसुवा । वर्षाकाका कारण अवरुद्ध मैलुङ—स्याफ्रुबेँशीखण्डको राजमार्ग सुचारु गराउने प्रयास द्रुत रूपमा अगाडि बढेको छ ।  जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार स्याफ्रुबाट धुन्चे पुछारको त्रिशूली दोभानसम्म र मैलुङ तर्फबाट सोले दोभानसम्म राजमार्गको अवरोध हटाउने कार्य सम्पन्न भइसकेको छ ।

राजमार्गमा रहेका बाँकी अवरोध हटाउने काम भइरहेको र अब पाँच किमी दुरी सफा गरेपछि यातायात संत्र्चालनमा आउने स्थलगतरुपमा खटिएका सासंद मोहन आचार्यले दिए।

राम्चे ग्राङबीचको पासाङल्हमु मार्गमा पहिरो गई मर्मत सम्पन्न गराउन समयावधि निकै लाग्ने भएकाले सांसद मोहन आचार्य प्रदेशसभा सदस्य प्रेम तामाङ, प्रभात तामाङ, शान्ति थिङ एवं स्थानीय प्रशासक, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कर्नेल तामाङ, नेपाली काङ्ग्रेसका सभापति पेम्बा छिरिङ तामाङसमेतको समन्वय र सहकार्यमा सहभागीता जुटाई असारदेखि बन्द स्याफ्रु मैलुङ खण्डको राजमार्ग सञ्चालन गर्न काम अगाडि बढाइएको प्रमुख भट्टले बताए ।

राजमार्गको अवरोध हटाउन मैलुङतर्फ सांसद आचार्यका दुई वटा, गल्छी त्रिशूली स्याफ्रुबेशी सडक सुधार आयोजनाका दुई, स्याफ्रुबेशीतर्फ गोसाइँकुण्ड गाउँपालिकाको एक,स्काभेटर तथा रसुवागढी हाइड्रोपावर र डिभिजन सडक कार्यालयको एक पूर्व सासंद जनार्दन ढकालको एक लोडर प्रयोग भइरहेको गल्छी स्याफ्रुबेँशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

सडक सुधार कार्यमा मैलुङतर्फबाट स्थलगतरूपमै सासंद मोहन आचार्यका दाजु राममणी आचार्य,  प्रदेशसभा सदस्य प्रेम तामाङ र प्रजिअ अर्जुन भण्डारीको अगुवाइमा द्रुत रूपमा काम अगाडि बढिरहेको र छोकलतर्फबाट गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पुको नेतृत्वमा काम अगाडि बढेको सडक सुधार आयोजनाले जनाएको छ ।

मैलुङ—स्याफ्रु नदी किनारको १७ किमि राजमार्ग गत असारदेखि र राम्चे खण्डको पासाङल्हमु मार्ग यही भदौ २५ गतेदेखि बन्द भएपछि केरुङबाट सामान लिई नेपाल भित्रिएका सात सय भन्दा बढी ट्रक तथा कन्टेनर रोकिएका छन्।

व्यापारीले दशैँका लागि बढी मात्रामा सामान ल्याएका र आयात भएका सामान सडक अवरोधले टिमुरे क्षेत्रमा भरिभराउ भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ