arrow

प्रम ओलीको गुजराती शुभकामनालाई भारतीय प्रम मोदीको नेपालीमा धन्यवाद

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
Oli-Modi.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गुजरातीमा दिईएको जन्मदिनको शुभकामनामा नेपालीमा धनयवाद दिएका छन्।

प्रधानमन्त्री ओलीले अंग्रेजी, हिन्दी र गुजरातीमा गरि तीन भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिएका थिए। तीन भाषामा धन्यवादको क्रममा मोदीले गुजराती भाषालाई छानेर नेपालीमा धन्यवाद भनेका छन्। मोदीले ओलीको टविटलाई कोट गरेका छन्।

गुजरातीमा पाएको शुभकामनामा मोदीले ‘मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।‘ भनेर धन्यवाद दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ