arrow

दुई दिनदेखि व्यथा लागेर अलपत्र परेकी सुत्केरीको उद्धार

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
helicopter-cartoon.png

बझाङ । दुई दिनदेखि व्यथा लागेर अलपत्र परेकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

 अत्यधिक रक्तस्राव भएर ज्यान जोखिममा परेकी साइपाल गाउँपालिका–१ धलौनकी २४ वर्षीया रामदेवी बोहरालाई आज हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल चैनपुर ल्याइएको हो ।

व्यथा लागेपछि बोहरालाई दुई दिनअघि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो ।

उनलाई महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

 बच्चाको पेटमै मृत्यु भए पनि बोहराको स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको डा सन्दिप ओखेडाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ