arrow

 विप्लवका दुई नेतालाई विष्णु पौडेलले भित्राए  

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
biplab-maobadi.jpeg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेता प्रवेश गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले समूहका पर्वत जिल्ला सेक्रेटरी भीमबहादुर हमाल र जलजला गाउँपालिका इन्चार्ज धनञ्जय मल्ललाई टीका लगाई नेकपाका प्रवेश गराएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । 

विप्लव समूहलाई नेकपा नेतृत्वकै सरकारले प्रतिबन्ध लगाएपछि धमाधम उनीहरु नेकपामा प्रवेश गरेका छन् । नेकपाले जेलमैसमेत विप्लवका कार्यकर्तालाई तनाव दिँदा जेलभित्रै पनि पार्टी प्रवेश गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ