arrow

गणेशमान स्मृति दिवस मनाइँदै 

logo
प्रकाशित २०७६ असोज २ बिहिबार

काठमाडौं । नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गणेशमान सिंहको २२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी बिहीबार मनाइँदै छ । 

लौहपुरुष गणेशमान सिंहको स्मृतिको अवसरमा बिहान गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शोभा भगवतीमा माल्यार्पण कार्यक्रम भएको छ । 

उक्त माल्यार्पण कार्यक्रम पूर्वउपप्रधानमन्त्री, कांग्रेस नेता एवं गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । 

त्यसैगरी दिउँसो गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नक्सालमा गणेशमान सिंहको सम्झनामा कार्यक्रम आयोजना गर्दैछ ।  

त्यसैगरी नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले गणेशमान सिंहको स्मृति तथा संविधान दिवसको अवसर पारेर केन्द्रीय कार्यालयमा दिउँसो २ बजे अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दैछ । 

उक्त अन्तक्र्रियामा संविधान मस्यौदा सिमितिका संयोजक कृष्णप्रसाद सिटौलासँग संविधान दिवसको अवसरमा संविधान कार्यान्वयनको चुनौती र लोकतन्त्रको भविष्य बिषयमा विशेष अन्तरक्रिया गर्न लागिएको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताएका छन् । 

१९७२ साल कार्तिकमा जन्मिएका लौहपुरुष गणेशमानको २०५४ साल असोज २ गते निधन भएको थियो । हक्की स्वभावका गणेशमान अन्यायविरुद्ध झुक्नु हुन्न भन्दै लडिरहन्थे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ