arrow

तरुण दल बाँकेका अध्यक्षमाथि मध्यराती खुकुरी प्रहार

logo
प्रकाशित २०७६ असोज २ बिहिबार

नेपालगन्ज । नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट दुई जना तरुण दलका कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

गए राति साढे दश बजे नेपालगन्जको धम्बोझी चोकमा नेपाल तरुण दल नेपालगन्जका अध्यक्ष सन्दिप जङ्ग शाहलाई ‘तिमीहरु नै होइन, हाम्रो वडा अध्यक्ष सुमन मल्ल बिरुद्द आन्दोलन गर्ने’ भन्दै आक्रमण भएको हो।

आक्रमणमा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाय र गम्भीर खड्कालाई बिनोद खड्का र दिपक थापा लगायतका ब्यक्तिहरुले खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको नेपाल तरुण दल बाँकेले बिज्ञप्ति मार्फत जनाएको छ।

साथै तरुण दलले प्रहरीले आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ नगरिए प्रतिकारमा उत्रिने चेतावनी दिएको छ। गम्भीर घाइते भएकाहरु मध्ये खड्कालाई गएराती नै भारतको लखनउ लगिएको छ भने अर्का गम्भीर घाइते रोकयको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा आइसियुमा उपचार भइरहेको तरुण दल बाँकेले जानकारी दिएको छ।

साथै घटना तरुण दलले घोर बिरोध प्रकट गर्दै गम्भीर घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ