arrow

सरकार कम्युनिष्ट घोषणा पत्र कार्यान्वयनमा लाग्दा संविधान संकटमा: सिटौला

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
sitoula3.jpg

काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओली सरकार संविधान कार्यान्वयनको बाटोमा नभइ  कम्युनिष्ट घोषणा कार्यान्वनयको बाटोमा अघि बढेको  बताएका छन् । संविधान दिवसको अवसरमा नेपाल प्रेस युनियनले बिहीबार गरेको अन्तरक्रियामा उनले  सरकार सविधान बलियो बनाउनुभन्दा कम्युनिष्ट घोषणा पत्र कार्यान्ववयन गर्न अघि बढेको बताउँदै सरकारकै कारण संविधान कमजोर हुन थालेको चर्चा गरे ।

संविधानमै सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने र सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने व्यवस्था भए पनि कम्युनिष्ट सरकारले यो व्यवस्थाको उल्लघंन गरी सभामुख र उपसभामुख एउटै पार्टीको बनाएको बताए ।

‘संवैधानिक परिषदमा सबैको उपस्थिति होस भनेर हामीले सभामुख र उपसभामुख फरक फरक पार्टीको होस भनेका हौ । तर सरकारले परिषदमा सभामुख र उपसभामुख एउटै  पार्टीको बनाएर संवैधानिक निकायलाई तर्साउन खोजेको छ’ उनले भने ।

दुई तिहाइको नाममा सरकारले संवैधानिक निकायहरुलाई आफू अनुकुल बनाउन खोजेको उनले बताए । उनले भने, ‘सरकारको यस्तो रवैयाले संविधान कार्यान्वयन कमजोर बनेको छ र संघीयताप्रति नै जनतामा निराशा उत्पन्न  हुन थालेको छ।' संविधान कार्यान्वयन गर्न इमान्दार नभएकोमा कम्युनिष्ट पार्टीका नेताहरुले आत्म समिक्षा गर्नु पर्ने उनको भनाई थियो । उनले भयो ‘तपाईहरुले धेरै गल्ती गर्नु भएको छ । अब तपाईंहरुले आत्म समिक्षा गर्नुहोस । गल्ती सच्च्याउनतीर लाग्नुहोस।'

सरकारसँग प्रष्ट बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्रीले समाजवादी पार्टीलाई सरकारमा ल्याउनुको उदेश्य संविधान संशोधनकोलागि नभइ सवैधानिक निकायलाई तर्साउन खोजेको चर्चा गर्दै उनले भने, ‘समाजवादी पार्टीलाई सरकारमा ल्याउनको उदेश्य संविधान संशोधनकोलागि होइन भन्ने देखियो ।  यसको उदेश्य संवैधानिक निकायलाई तर्साउन रहेछ।'

दुइ तिहाइको दम्भ देखाएर सरकारले अदालत, प्रहरी, प्रशासन, कर्मचारी, निर्वाचन आयोग प्रेस सबैतीर प्रहार गर्न खोजेको उनको भनाइ थियो ।  सरकारले संवैधानिक निकायलाई कमजोर बनाउन खोजेको मात्र नभइ प्रदेश सरकारलाई समेत अधिकार नदिएको उनले बताए । उनले भने,‘  प्रदेश २ सरकारले मात्र नभइ कम्युनिष्ट पार्टीले नेतृत्व गरेका अन्य प्रदेश सरकारहरुले पनि हामीलाई अधिकार दिइएको छैन भन्न थालेका छन । यसबाट सरकार संघीयता प्रति आस्था राखेको देखिन्न।'

सरकार भ्रष्टाचार नियन्त्रण गर्न उदासिन भएको आरोप उनको थियो । उनले भने,‘सरकारमा पारदर्शिता र जवाफदेहिता भन्ने देखिएन।'
सरकारले कम्युस्टि पार्टीको घोषणा पत्र कार्यान्वयन गर्दै शक्ति आफूतीर केन्द्रित गर्न थालेको उनले चर्चा गरे । उनले भने,‘सरकारले मूल कानुनलाई नै गलत प्रयोग गर्न थालेको छ यो चिन्ताको विषय हो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ