arrow

निधिद्धारा कम्युनिष्ट सरकारलाई ‘बेइमान’ को उपमा  

logo
प्रकाशित २०७६ असोज ३ शुक्रबार
bimalendra_nidhi_647_082016021940.jpeg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई बेइमानको संज्ञा दिएका छन् । 

संविधान दिवसको शुभकामना दिँदै नेता निधिले संविधान र संघीयताप्रति यो कम्युनिष्ट सरकार इमानदार नभएको बताएका हुन् । 

उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन, संहिता र शान्तिप्रति एकजुट हुन आग्रह गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता निधिले संविधान संशोधनका लागि कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ