arrow

सरकारले संविधान कार्यान्वयनमा एकलौटी निर्णय गर्न थाल्यो : देउवा

logo
प्रकाशित २०७६ असोज ३ शुक्रबार
deuba-congress1.jpg

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवादमा आधारित नेपालको संविधान समावेशी र विश्वमा नै नमूना रहेको धारणा व्यक्त गरे ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा  उनले वर्तमान सरकारले संविधान अनुरूप काम गर्न नसकेको बताउँदै सरकारले संविधान कार्यान्वयनमा एकलौटी निर्णय गर्न थालेको आरोप लगाए ।

सरकारबाट संविधानको भावना विपरीत आएको मिडिया काउन्सिल र मानवअधिकार  विधेयकले स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको सभापति देउवाले बताए ।    

वर्तमान संविधान मस्यौदा समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा सरकार फितलो बन्दै गएको बताए । उनले प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गरी सरकार एकलौटी ढङ्गले अघि बढेको हुँदा संविधान कार्यान्वयनमा जटिलता पैदा भएको बताए ।

 प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा पूर्वप्रधानमन्त्री स्व. कोइरालाले अनुकरणीय योगदान पुर्‍याउनुभएकाले उनलाई यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक मरणोपरान्त प्रदान गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ