arrow

संविधान भित्र सबै अटाए मात्र सफल नेपाल

logo
प्रकाशित २०७६ असोज ३ शुक्रबार
sambhidan-diwas.JPG

धनकुटा ।  संविधान परिर्वतनशिल भएकाले संविधान संशोधन गरी  सवैलाई संविधान भित्र अटाए मात्र सफल नेपाल बनाउन सकिने संविधान दिवसको अवसरमा धनकुटामा शुक्रबार आयोजित सभामा सहभागीहरुले वताएका छन् ।

धनकुटाको भीम नाराायण चौकबाट  संविधान दिवसको अवसरमा शुरु भएको र्‍याली  धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरी त्रिवेणी मावि परिसरमा पुगी भएको सभामा १ नम्वर प्रदेश सभाका न्याय कानून तथा विधायन समितिका सभापति इन्द्रणी पराजुलीले यही संविधानबाट मुलुक छिटै समृद्धी बनाउन सकिने वताए। भने  १ नम्वर प्रदेश सभा सभाका सदस्य निरन राईले जनताका भावना चाहना र संविधान अनुरुप तिनै तहको सरकारले राज्य संचालन गरिरहेको वताए ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चवानको अध्यक्षतमा सम्पन्न भएको संविधान दिवस सभामा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे,धनकुटाका सम्पूर्ण राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले लगायतले समयानुसार जनतको चाहना र आवाश्यक्ता अनुसार संविधान संशोधन गरी सवै नेपालीलाई संविधानले समेट्नु पर्नेमा जोड दिए।

कार्यक्रममा बहुमुखी पाठशाला धनकुटाका कलाकारहरु र गायिका जुनु खालिङ्ग राईले गित तथा नृत्य प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन धनकुटा जिल्ला समन्वय समितिका समन्वय अधिकारी तिर्थ प्रसाद धितालले गरेका थिए । सोही समारोहमा संविधान दिवसको अवसरमा आयोजित निवन्ध प्रतियोगिता लगायतका विभिन्न कार्यक्रममा विजयीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ