arrow

दुबईको अग्लो भवनमा नेपालको झण्डा (भिडियो)

logo
प्रकाशित २०७६ असोज ४ शनिबार
uae-nepal-flag.jpg

दुबई। नेपालको संविधान दिवशको उपलक्ष्यमा संयुक्त अरब इमिरेट्स (यूएइ)को अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डाको विद्युतिय प्रदर्शन भएको छ।

यूएईस्थित नेपाली दूतावासका अनुसार स्थानीय समय अनुसार राति ९ बजेर १० मिनेट जाँदा विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक नेपालको राष्ट्रिय झण्डाको डिजिटल प्रस्तुती गरिएको थियो।

यसअघि अरु देशहरुको राष्टर्य दिवशमा पनि दुबईस्थित बुर्ज खलिफामा त्यस्तो प्रदर्शन हुने गरेको थियो। संसारभरीका मानिसहरु बस्ने र काम गर्ने भएको हुनाले पनि युएइले यस्तो कार्यक्रम गर्ने गरेको छ।

यूएईको यो महत्वपूर्ण पर्यटकीय गन्तव्य हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ