arrow

राष्ट्रपतिको टिप्पणी देउवाको बोली की साउण्ड सिस्टमप्रति लक्षित ?

logo
प्रकाशित २०७६ असोज ४ शनिबार
president-primeminister.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले बोलेको नबुझेको टिप्पणी गरेपछि राजनीतिक तरंग पैदा भएको छ। शुक्रवार राष्ट्रिय सभागृहमा गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रममा त्यस्तो टिप्पणी भएको हो।

उक्त कार्यक्रममा सभापति देउवाले बोलेको कुराबाट तारिफ भएको थियो। तालीले उनले बोलेका हरेक लाईनलाई समर्थन भएको थियो। उनले सरकारको कडा आलोचना गरेका थिए।

देउवाले बोले लगत्तै राष्ट्रपति भण्डारीले बोल्ने क्रममा दर्शक दिर्घाबाट ताली र प्रशंसा पाए पनि आफुले भने केहि नबुझेको टिप्पणी गरेकी थिईन। उनको उक्त टिप्पणी सभागृहको ‘साउण्ड सिस्टम’ प्रति रहेको भन्दै टिप्पणी पनि भएको छ।

अधिकांशले उनले देउवाले गरेको सरकारको कडा आलोचनाप्रति टिप्पणी गरेको बुझेका थिए। राष्ट्रपतिले राजनीतिमा आफुलाई कुनै एक पार्टीप्रतिको लगाव अझै छाड्न नसकेको टिप्पणीहरु पनि भएका छन्। यसरी देशको अभिभावकले कुनै एक पार्टी वा सरकारको बचाउमा बोल्दै हिड्नु त्यो पनि प्रतिपक्षी दलको नेताको बोलीप्रति कटाक्ष गर्दै अशोभनीय रहेको गुनासो पनि गरेका छन्।

सभापति देउवाको बोली नबुझेको भनिरहँदा राष्ट्रपतिले व्यक्तीको शारिरीक कमजोरीप्रति कटाक्ष गरेको रुपमा बुझ्ने पनि धेरै छन्। यसरी राष्ट्रपतिले कसैको शारिरीक कमजोरीप्रति टिप्पणी गर्नु अशोभनीय भएको भन्दै बिरोधका आवाजहरु पनि सुनिन थालेका छन्।

राष्ट्रपतिले आफु निर्वाचित पार्टीको सरकारको बिरोध सुन्न नचाहेको हो वा साउण्ड सिस्टमले गर्दा बुझ्न नसकेको हो त्यो त राष्ट्रपति कार्यालयले आफ्नो धारणा राखे पछि स्पष्ट हुने नै छ। उनको हाउभाउ र हाँसोले साउण्ड सिस्टममा समस्या मात्रै हो भन्ने चाहि देखाउँदैन।

शुक्रवार १२:१५ बजेका लागि तय गरिएको कार्यक्रममा विशेष अतिथिका रुपमा निम्त्याइएका देउवा १:१५ बजेमात्र आइपुगे। उनी आइपुगेको करिब १ घन्टापछि मात्र प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी आइपुगिन्।

राष्ट्रपतिले बोल्दा मर्यादा राख्नुपर्ने आफ्नो ठाउँमा रहेको छ भने बोल्दा प्रयोग हुने शब्द, हाउभाउको पनि अर्थ रहने बुझ्न ढिला गर्नु हुन्न। भर्खर संस्थागत हुँदै गएको गणतन्त्रमा राष्ट्राध्यक्षले संस्थाको गरिमा र उचाई कतिको राख्ने यस्तै ब्यवहारहरुले देखाउँदै जान्छ।

आफ्नो पदको मर्यादा र संस्थालाई संस्थागत गर्ने क्रममा सानो सानो कुराहरुमा ध्यान दिनुपर्ने कुरा सचिवालयले बिचार गर्दै उचित सुझाव दिने नै छ। राष्ट्रपतिले पनि टिप्पणीहरु गर्दा हल्का र अनेक अर्थ लाग्ने खालको शब्द वा वाक्यहरुको प्रयोग गर्न हुने –नहुने सल्लाहकारले सल्लाह दिने नै छन्।

देशको अभिभावकको भुमिका निभाईरहेको संस्थाको प्रमुखले कुनै एक व्यक्ति वा दलप्रति कटाक्ष जस्तो लाग्ने टिप्पणी पक्कै शोभनीय होईन। सल्लाहकार र सचिवालयले आउँदा दिनहरुमा आफुलाई सच्चयाउँदै संस्थाको गरिमा उचो राख्ने गरि काम गर्नेछन भन्ने आशा गरौं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ