गुल्मी। नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेतले नेपाल तरुण दलमा एकता भएकोले संगठनमा अनुशासन विपरित गए संगठनबाट निकालिन्छन र एकता अनुशानभित्र हुनुपर्ने भन्दै अव देशका लागि सबै एकजुट भएर कम्युनिष्टसँग अन्तिम लडाई गर्नुपर्ने बताए ।
शुक्रवार संविधान दिवसका अवसरमा नेपाल तरुण दल क्षेत्र नं. २ गुल्मीले आयोजना गरेको बहृत जागरण साँस्कृतिक कार्यक्रममा अध्यक्ष बस्नेतले यस्तो बताएका हुन ।
साथै युवा नेता बस्नेतले हाम्रा आर्दश र विचारहरु सडकमा राख्न नदिने र काँग्रेसले पहिल्याएका बाटाहरु आज मेटाउन खोजिएकोले लोकतन्त्रका नाममा तानाशानी व्यवस्था ल्याउन खोजिएको भन्दै अव जनताको हक अधिकार र लोकतन्त्रका लागि नेपाली काँगे्रस र तरुण दल जस्तोसुकै बलिदान दिन तयार रहेको बताए ।
सोही बहृत जागरण साँस्कृतिक कार्यक्रममा केन्द्रिय प्रतिनिधि तथा जिल्ला स्तरका नेताले शुभकामना मन्तव्य राखेका थिए ।
सोही बहृत साँस्कृतिक काार्यक्रमका अवसरमा राष्ट्रिय लोकदोहोरी सर्जक तथा गायक विमलराज क्षेत्री, लोकदोहोरी गायिका राधिका हमाल,हरि खत्री, गणेश अधिकारी,सुनिल थापा लगायत स्थानीय कलाकारहरुले वेजोड साँस्कृतिक प्रस्तुतीले सबैलाई नचाएका थिए ।
कार्यक्रममा अन्य पार्टी परित्याग गरि झण्डै ७० युवा युवतीहरु नेपाली काँगे्रसमा प्रवेश गरेका थिए ।