arrow

बाह्र सय बढिले गरे रक्तदान

जीवनलाई सकारात्मक काममा लगाउन सकेमात्र सफल हुन्छ : अनुराधा कोइराला

logo
प्रकाशित २०७६ असोज ४ शनिबार
blood-donation11.jpg

काठमाडौं । नेपाल मानव धर्म विकास समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा देशभरीबाट एक हजार दुई सय सैतिस जनाले रक्तदान गरेका छन् । समितिका प्रणेता सतपालजी महाराजको पावन जन्मोत्सव मनाउने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा महात्मा चमेली वाईजीले सबैजनालाई गायत्री मन्त्रको बारेमा थाहाँ भएको तर व्यवहारमा कसैले पनि उर्तान नसकेकोले मन्त्रले दिएको ज्ञानलाई व्यवहारमा उर्तान प्रेरणा दिइन्। त्यस्तै शास्त्रले दिएको ज्ञानलाई सबैले सहि उपयोग गरि हृदयमा भएको कालो बादल हटाउनुपर्नेमा पनि उनले जोड दिइन् । कार्यक्रममा बोल्दै उनले भनिन्, ‘यस्तो ज्ञान सद्गुरुले मात्र दिन सक्ने भएकाले सबैले आफ्नो जीवनमा सद्गुरुको खोजी गर्नुपर्छ ।’
 
जन्मोत्सव कार्यक्रममा प्रदेश ३ का प्रदेश प्रमुख तथा समाजसेवी अनुराधा कोइरालाले जन्मिएपछि मर्नैपर्ने मानिस जीवनलाई सकारात्मक काममा लगाउन सकेमात्र आफूलाई सबैले सम्झिने र जीवन पनि सफल हुने बताइन्।

त्यस्तै काठमाण्डौ वडा नं ९ का सदस्य श्रीराम राईले धर्मले हामीलाई जीवन जिउने कला सिकाउनुको साथै सकारात्मक सोचको विकास गर्ने कुरामा जोड दिए । उनले भने, ‘धर्म भनेको बुढेसकालको साथी हो सोच नै गलत छ । सानै देखि यसको बारेमा सबैले थाहाँ पाए मात्र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।’ त्यस्तै कार्यक्रममा बोल्दै समाजसेवी कल्याण तिमलसिनाले धर्मको रक्षा गर्न सके मात्र धर्मले हाम्रो रक्षा गर्नेमा जोड दिए ।  

जन्मोत्सवकै अवसर पारेर समितिले विहान कार तथा मोटरसाइकल र्‍यालीको पनि आयोजना गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ