arrow

तरुण दलद्धारा महङ्गी, कालोबजारी र भ्रष्टाचार विरुद्ध जुलुस 

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
Tarun-Dal.jpg

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारले नियन्त्रण गर्न नसकेको महङ्गी, कालोबजारी र भ्रष्टाचार विरुद्ध जुलुस निकाल्ने भएको छ । 

काठमाडौंको माइतीघर मण्डलाबाट आइतबार दिउँसो ३ बजे जुलुस निकाल्न लागिएको हो । जुलुसमा काँग्रेसका प्रभावशाली नेताहरु पनि सहभागी हुने तरुण दलले बताएको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले महङ्गी बढाएको, कालोबजारी मौलाउने अवसर दिएको र भ्रष्टाचार फस्टाएको भन्दै त्यसका विरुद्धमा जुलुस निकाल्न लागेको हो । 

महासचिव भुपेन्द्र शाहीको नेतृत्वमा तरुण दलले जुलुस निकाल्न लागेको हो । 

तरुण दलमा अध्यक्षले महासचिवलाई र महासचिवले अध्यक्षलाई पार्टीबाट साधारण सदस्यता नरहने गरी निकालेपछि विवाद चरम उत्कर्षमा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ