arrow

मौसमले अझै च्यालेन्ज दिइरहेछ, यी क्षेत्रमा छ खतरा 

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
weather.jpg

काठमाडौं । मनसुन अन्तिमतिर चलिरहँदा मौसमले अझै च्यालेन्ज दिइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेग गर्जनसहित वर्षा भैरहेको जनाएको छ ।

आगामी तीन दिनसम्मै वर्षा हुने र सचेत रहन पनि महाशाखाले आग्रह गरेको छ । 

ईलाम, पांचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, प्रदेश २ का सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, धादिङ, दाङ, बांके, बर्दिया,  प्यूठान, रोल्पा, सल्यान, सुर्खेत भई बहने साना नदीमा बहाव बढ्ने भन्दै सचेत रहन आग्रह गरेको छ । 

आइतबार र सोमबार कन्काई, कोशी, कमला, बागमतीमा बहाव बढ्ने तर सतर्कता क्षेत्र भने तलै हुने पनि विभागले जनाएको छ । 

महाशाखाले देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा पहिरो जान सक्ने तथा नदीहरुमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । 

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतर्फ सरेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ