arrow

अनुराधा कोइरालाका रसाए आखाँ, 'मलाई मार्ने धेरै प्रयास पनि भयो'

गौशाला विदेशी युवतीको ट्रान्जिट पोइन्ट

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
anuradha-koirala1.jpg

काठमाडौं । सीएनएन हिरो तथा प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला एक सार्वजनीक कार्यक्रममा भावुक हुदै रोइन् ।  समाजसेवी अनुराधालाई समर्पित गर्दै 'साना साना आँखा तर' गीतमा बालबालिका नाच्न थाले । उनले आफ्नी छोरीको गीत बजेपछि मन थाम्न सकिनन्। स्टेजमा गीतपछि उनले प्रमुख अतिथिको रुपमा मन्तव्य राखिन् । उक्त गीत प्रभा भेटवालले गाएकी हुन्। प्रभालाई अनुराधाले सानु छदा उद्दार गरेर ल्याएकी हुन् । उनले भनिन्, 'जुन नाच यहाँ प्रस्तुत भयो यो मेरो बच्चाको गीत हो । उनलाई मैले सानु हुँदा ल्याएको हुँ ।'

मानव धर्मको कार्यक्रममा प्रदेश प्रमुख कोइराला भावुक बन्दै भनिन्, 'सो गीत गाउदा प्रभा सात सात बर्षको थिइन् । आफ्नो छोरा छोरीले गरेको जहिल्यै पनि स्मरण हुन्छ । अहिले उनि लण्डनमा छिन् । लण्डनमा पीएचडी गर्दैछन्, फर्किएर आउछिन् होला । धेरै बर्षपछि प्रभाको गीत सुनेर म अलिकित भावुक भए।' कोइरालाको कुरा सुनेर उपस्थित सबै भावुक बने ।

माइती नेपालकी संस्थापक अध्यक्ष रहेकी कोइरालाले गौशालाबाट माइती नेपालको सुरु गरेकी हुन् । उनले भनिन्, 'मसँग केहि थिएन। म एक शिक्षिका हुँ र मैले आफ्नो दुख गरेर यहाँसम्म पुगेकी हुँ । मान्छेले मलाई तर्साउदा बन्दुक देखाउदा, हान्छु, मार्छु भन्दा पनि मैले समाजसेवाको काम गरे ।  मलाई मार्ने धेरै प्रयास पनि भयो ।'

समाजसेवी कोइरालाले जन्मिएपछि मर्नैपर्ने मानिस जीवनलाई सकारात्मक काममा लगाउन सकेमात्र आफूलाई सबैले सम्झिने र जीवन पनि सफल हुने बताइन्। 'तर म कहिले पनि डराइन किनभने मर्नु त एक दिन छदैछ । गूरुहरु, भगवानले पनि भन्नुभएको छ मृत्यु त निश्चित छ । तर राम्रो काम गरेर मर्नु र नराम्रो काम गरेर मर्नुमा धेरै फरक छ। मैले यहि बसिबसि धेरै मानिसहरुलाई कार्वाही गरे त्यसको यहिबाट सुरु भयो ।'

अनुराधाले मनको व्यथा पोख्दै सुनाइन्, 'सत्यलाई जहिल्यैपनि स्विकार गर्नुपर्छ । गौशाला वरिपरि यहाँ धेरै गेष्ट हाउस छन् । साना साना खाजा घर छन्, तपाईको घर नजिक पनि खाजा घर छ होला । देख्दा सानो ठाँउ छ पर्दा लगाएको छ । तर भित्र ठूलो ठाँउ छ। त्यो ठूलो ठाँउमा १३ देखि १६ बर्षसम्मका बालिकाहरुलाई बेश्याबृत्ति गराइन्छ ।  त्यो खाजा घरलाई हामी सबै भएर रोक्ने कि नरोक्ने, हेर्ने कि नहेर्ने हामी किन कुनामा बसेर हेरी मात्र रहेका छौ ?'  

सतपालजी महाराजको जन्मोत्सवमा आफूले यस्तो कुरा भन्न पाउदा आफुलाई भाग्यमानी ठान्ने उल्लेख गर्दै उनले भनिन्, 'पहिले खगेन्द्रजी हुन्जेलसम्म यो स्थान अलि सम्म थियो । अहिले उहाँ बृद्ध हुनुभयो ।  तर साझको  २-३ बज्न थालेपछि गौशालमा बिदेश जानेहरु कतार जाने, कतारबाट आउने, दुवइ जाने, दुवइबाट आउने सबै मानिस भेला हुन्छन् गौशालको र्‍यालिङमा । त्यहा प्रशस्त युवतीहरु हुन्छन् र ती युवतीहरु काम गर्ने कहाँ खाजा घरमा अनि खाजाघरको मालिकले ल्याएर त्यहा राखिदिने मोलमलाई गर्ने जाने बस्ने ।'  

सम्पूर्ण नेपाली चेलीहरुकी आमा अनुराधाले पहिले विदेशमा नेपाली चेलीवेटी वेचबिखन हुनेमा अहिले विदेशी चेलीवेटी नेपाल आइपुग्न थालेको सुनाइन। यहाँबाट ५ युवती हामीले लगेको सोध्दा थाहा भयो पहिले हाम्रा चेली विदेश लग्ने गरेको थियो। अहिले विदेशका चेली यहाँ आउन थालेको पाइयो । यो क्षेत्रमा विदेशी चेलीहरु बढि मात्रामा छन् । उनले हामीले टोल क्षेत्र देश कसरी सफा हुन्छ भन्ने पट्टि लाग्नुपर्ने बताइन् । यसमा गौशाला व्यापार संघका सदस्यहरुले सहयोग गरिरहेको पनि उनले सुनाइन् ।

एक बालिका लिएर आउनुभएको जिम्मेवार व्यक्तिलाई मैले भने बालिकालाई हिजो राती ३ बजे समात्नुभएको छ साझ नै ल्याइदिएको भए हुन्थ्यो ?  उहाँले भन्नुभयो, 'फुर्सदै भएन।' अनि मैले भने तपाईको छोरीलाई यस्तो भयो भने तपाई के गर्नुहुन्छ ?  मेरो छोरीले त गर्दै गर्दैन ।' के ठुला बडाका छोरीले, पोस्टमा भएका मान्छेका छोरीले गर्दैन ?  यो त सबैले गर्छ सबैलाई आउछ दिन त । दिन मलाई मात्र लाग्ने हैन हामी सबैलाई दिन लाग्छ ।'

कोइरालाले समाजका सबै आमाबुबालाई सचेत हुन आग्रह गरिन् । उनले भनिन्, 'म तपाईसँग के अनुरोध गर्न चाहन्छु भने  हामी अहिले जागेनौ भने कहिल्ये जाग्ने ? कहिले गर्ने कसले आएर गर्दिन्छ ? के अरुलाई पर्खेर बस्ने ? तपाईको घर सफा गर्नलाई पर्खेर हुदैन आफुले नगरिन्जेलसम्म कसैले आएर तपाईको घरमा सफा गर्दैन । सबै एक जुट हौ बालबालिका र महिलाहरुप्रति जुन अपराध भइरहेको छ त्यसबाट मुक्त देश बनाउ ।'

समाजसेवी कोइरालाले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गर्दै आएकी छन्। खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ। कोइरालाले  २०१० को सीएनएन हिरोको उपाधि पनि पाएकी छिन्। उनले २०१४ मा मदर टेरेसा सम्मान जितेकी छन् । उनले पदमश्री जस्तो उपाधि पनि पाएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ