arrow

बाटामा हिँडिरहेकी किशोरीलाई घरभित्र लगेर हातपात गर्ने ७० वर्षीय वृद्धलाई कैद

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
prisoner-jail.jpg

सप्तरी । जिल्ला अदालत सप्तरीले बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा ७० वर्षीय वृद्धलाई आइतबार कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका खुशीलाल रजकलाई कैद र जरिवानाको फैसला गरेको अदालतले जनाएको छ ।
    
अभियुक्त रजकलाई तीन महीना कैद र रु ३० हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाले बताए । अदालतको फैसलामा भनिएको छ, “मुलुकी अपराध संहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महीना कैद र ३० हजार जरिवाना हुने ठहर्छ ।”

रजकमाथि बाटामा हिँडिरहेकी किशोरीलाई गत भदौ ७ गते घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको आरोप छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा २०७५ भदौ ८ गते उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ