arrow

लागुऔषधसहित दुई बालक पक्राउ

logo
महेश सिंह,
प्रकाशित २०७६ असोज ५ आइतबार
balbalika-pakrau.JPG

सिरहा। नेपालमा प्रतिबन्धित लागु औषध तस्करीमा दुई जना बालकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहाको नवराजपुर गाउँपालिका ४ बस्ने देवेन्द्र यादबको १२ वर्षीय छोरा शिवराम यादब र भगवानपुर गाउँपालिका ३ बस्ने रामविलास यादबको १० वर्षीय छोरा दिपरञ्जन यादब रहेका छन् ।

 दुवै जना भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेका विभिन्न खालका औषधीसहित भगवानपुर गाउँपालिका ३ लालपुरबाट प्रहरीले  पक्राउ  गरेको  ठाडी प्रहरीको  इनचार्ज चन्देश्वर सिंहले बताए ।

सिंहका अनुसार बालकको साथबाट प्रतिबन्धित ट्याब्लेट ओमी ५७ पत्ता, किपला २२ पत्ता, एभिल १० पिस, डाइलोना १० पिससहित करिब ४० हजार बराबरको औषधी बरामद भएको सिंहले बताए  ।

पक्राउ परेका बालकलाई कसैले रकमको लोभ दिएर औषधी तस्करी गर्न लगाएको प्रहरीले अनुमान गरेका हुन्  पक्राउ परेका दुबै बालक माथी अनुसन्धान भई  रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ