arrow

नरहरी निवासमा कांग्रेसको जागरण कार्यक्रमबारे चर्चा

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
narahari-residence-interaction.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण कार्यक्रमको छलफल भएको छ। अहिलेको जागरणले कांग्रेस संसदमा मात्र होइन बाहिर पनि छ भन्ने देखाएको आचार्यले बताए। 

संघीय संरचना अनुसारको कांग्रेस संगठन बनाउदै अघि बढेको उल्लेख गर्दै उनले यद्यपी काम गराइमा ढीलो भएको बताए। संघीयताको विषयमा आलोचना आउनुको कारण संघीयता एकैचोटी कार्यान्वयनमा नआउनु रहेको उनले सुनाए। प्रदेशका अधिकारहरु नदिएर संघले नै चलाएको जनाउँदे उनले संघीयतालाई सफल बनाउन प्रधानमन्त्रीको उत्साहजनक सहयोग नभएको बताए। अहिले ६ प्रदेशमा नेकपाकै सरकार भएपनि संघीयता सफल बनाउन काम नभएको उनले बताए। संघीयताको विरोध गरेर मात्र समाधान नहुने उल्लेख गर्दै आचार्यले संविधानमा भएको कुरा लागु गराउन पनि जनजागरण मार्फत कांग्रसले नेतृत्व गर्नुपर्ने बताए।  । 

ललितपुर कांग्रेस नेता चन्द्र महर्जनले कांग्रेसले चलाएको राष्ट्रिय जनजागरण कार्यक्रमले हलचल ल्याएको बताए। देशैभरी कांग्रेसका विषयमा, सरकारमा विषयमा कुराहरु भएको उल्लेख गर्दै कांग्रेसको कमिकमजोरी पनि केलाइएको महर्जनले बताए। सरकारको काम कार्वाहीले जनताको आकाक्षा अनुरुप काम नभएको मात्र नभइ राष्ट्रियता र लोकतन्त्र नै संकटमा पर्ने खतरा रहेको बताए। त्यसैले पनि कांग्रेसले राष्ट्रिय जागरण अभियान चलाउन आवश्यक रहेको बताए। 

प्राध्यापक इन्जीनियर हरिदर्शन श्रेष्ठले कांग्रेसको स्कुलीङ नमिलेको बताए। कांग्रेसको स्थापना राणा शासन फाल्नका लागि भनेर शुरु भएपनि त्यहि स्कुलीङमा कम्युनिष्टहरुले कांग्रेसको शासन ढाल्नलाई प्रयोग गरेको श्रेष्ठले बताए। आज कांग्रेस अलमलमा परेको उल्लेख गर्दै उनले अब कांग्रेसको स्कुलिङ भण्डाफोरतर्फ नभइ निर्माण तर्फ हुनुपर्ने बताए। 

प्राध्यापक टेकप्रसाद घिमिरेले कांग्रेस जागरणमा बुढा नेताको नाम लिएर मात्र पार्टी अगाडि नबढ्ने बताए। उनले अहिलेका नेताहरु पुराना नेता जस्तै सिम्बोल बन्न सक्नु पर्ने बताए। 

कार्यक्रममा प्राध्यापक हरि थपलियाले यतिखेरको नेतृत्वसँग संरक्षण दिन सक्ने क्षमता, नीतिगत स्पष्टता र दुरदर्शीताको क्षमता आवश्यक रहेको बताए। उनले कांग्रेस भने कुहीराको काग जस्तो बनेको बताए। 

काठमाडौं महानगरपालिका वडा ५ का वडा अध्यक्ष रमेश डंगोलले संघीयता संविधानमा लेखिएर कार्यान्वयनमा आएको अवस्थामा यसको गुण दोषको चर्चाले हामीलाई कहाँ पुर्‍याउँछ भन्ने प्रश्न गरे। 

कार्यक्रममा रामचन्द्र घिमिरेले कांग्रेस जागरणको कार्यक्रममा पुराना कुराहरु मात्र बढी भएको बताए। 

काठमाडौं निर्वाचन क्षेत्र नं ५ क का कांग्रेस क्षेत्रीय सभापति भैरव सापकोटा, टोखा नगरपालिकाको उपमेयरका उम्मेदवार रजनी थापा, कामपा वडा नं ५का जनप्रतिनिधि उत्तम शर्मा र मिना सिंह प्रजापति, कांग्रेस महाधिवेशन प्रतिनिधि राजेश अधिकारी, कामपा ४ कांग्रेस सभापति रामप्रसाद न्यौपाने, विना प्रसाई, जनक भण्डारी, धर्म खनाल, शान्ति गुरुङ, श्याममणी आचार्य, सिता नेपाली, सविन भेटवाल लगायतले धारणा राखेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ