arrow

कांग्रेस कार्यकर्ता भन्छन् - जागरण होइन, नेता मिलेको देख्न चाहान्छौं

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असोज ६ सोमबार
deuba-poudel-sitaula.jpg

स्याङ्जा । नेपाली कांग्रेसको केन्द्रीय बैठक अनुसार दोस्रो चरणको राष्ट्रिय जागरण अभियान देशभर शुरु भएको छ । संघीय संरचनामा मुलुक गएपछि बनेको पहिलो संरचना अनुसार समिति समायोजन पछि प्रदेश स्तरीय राष्ट्रिय जागरण अभियानमा कांग्रेस जुटेको छ ।

नेकपाको दुई तिहाई सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउदै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान मार्फत गाँउ-गाँउ पुग्न थालेको छ । सरकारले गरेका गतिविधि र पाटीमा कुनै गुट-उपगुट नभएको सन्देश दिनेगरी आयोजना गरिएको गाँउ जागरण अभियानमा भने कांग्रेस कार्यकर्ता सन्तुष्ट देखिएका छैनन् ।

सरकारको भण्डाफोर गर्ने अभियानका खातिर पनि कार्यकर्ताले भने जागरण होईन नेता मिलेको देख्न पाउ भन्दै आएका छन् । “हिमाल, पहाड, तराई, मधेश-नेपाली कांग्रेस” भन्ने मुल नाराका साथ कांग्रेस राष्ट्रिय जागरण अभियानका लागि देशभर केन्द्रीय प्रतिनिधि समेत खटाएको छ । स्याङ्जाका ४ प्रदेश निर्वाचन क्षेत्रिय स्तरको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताको सबै भन्दा ठुलो गुनासो नेताहरुमा भएको विभाजन र गुट-उपगुटले कांग्रेस सकिने होकी भन्ने चिन्ता व्यक्त गरेका छन् ।

स्याङ्जा क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश ‘क’ मा झुलबहादुर आले, ‘ख’ मा तुलसीनारायण श्रेष्ठ र क्षेत्र नम्वर २ को प्रदेश ‘क’ मा गुरु बराल र प्रदेश ‘ख’ मा शारादा पौडेललाई केन्द्रीय प्रतिनिधिका रुपमा कांग्रेसले खटाइएको छ । चार ओटै केन्द्रीय प्रतिनिधिको रोहवरमा कांग्रेस स्याङ्जाले कार्यकर्ताको सुझाव संकलन गरिरहेका छन् ।  

भीरकोट नगरपालिका ४ का कृष्णप्रसाद श्रेष्ठले यो कार्यकर्ता जागरण हो की नेता जागरण हो भन्दै प्रतिप्रश्न गरेका छन् । कार्यकर्ताको मनोवल उच्च राख्न यो कार्यक्रम गरिए जस्तो लागेन श्रेष्ठले भने,“यो जागरणमा कार्यकर्तामा भन्दा नेतामा बढी जागरण आएको देखियो ।” कांग्रेस सकिएको छैन, कार्यकर्तामा मनोबल गिरेको छैन तर नेताहरु सच्चिनु पर्छ उनले भने । उनी मात्रै होइन वालिङ १२ का हेमन्त गुरुङ्को पनि गुनासो उस्तै छ । गुरुङ्ले कांग्रेसका कार्यकर्तालाई जागरण होइन हामी नेता एउटै मन्चमा मिलेको देख्न चाहान्छौं । हामी जन्मदा कांग्रेस हौं, मर्दा पनि कांग्रेस भएर मर्छौ गुरुङ्ले भने,“नेताहरुको आन्तरिक दन्त बजानले कार्यकर्ताहरुमा निरासा छाएको छ ।” हाम्रो इच्छा भनेको कांग्रेस बलियो भएको देख्न चाहान्छौ ता कि नेता बलियो होइन उनले भने । कांग्रेसका कार्यकर्ता भन्दा अझै रुष्ट भातृसंगठनको देखिएको छ ।

कांग्रेसको उत्पादन गर्ने मुल संगठनको रुपमा रहेका नेविसंघ र तरुणदल हुन् । जागरण अभियानमा दुवै संगठनलाई कांग्रेसका नेताहरुले चिढाएको आरोप उनीहरुले लगाएका छन् । तरुणदल भीरकोटका नगर अध्यक्ष राजकुमार गुरुङ्ले निर्वाचनका बेला मात्रै खोजेर तरुणदललाई उपेक्षा गरेको बताए । तरुणहरुलाई अफठ्यारोमा मात्रै खोज्ने प्रयासमा पार्टी नलागोस अध्यक्ष गुरुङ्ले सुझाव दिदै भने,“ बेला बेलामा प्रशिक्षण सगै तरुण युवाहरुलाई आर्थिक उपार्जन सगँ जोड्नु पर्छ ।” पार्टीले भातृसंसंगठनको समस्या बुझ्दैन भने कुन ठाँउमा हो हामीले समस्या भन्ने गुरुङ्ले भने ।

गाँउ-गाँउमा भएको जागरण अभियानमा कार्यकर्ता र भातृसंगठनको पार्टी प्रतिको गुनासो र सुझावमा हजारौ कार्यकर्ता सहभागी भएका छन् । उल्लेखित गरिएका पात्रहरु मात्रै होइन हरेक कार्यकर्ताको गुनासो उस्तै छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, रोजगार लगायतका समस्यामा पनि कांग्रेसले खासै चासो नदिएको सुझाव समेत आएका छन् । यता स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादुर रानाले कार्यकर्तामा कुनै समस्या नरहेका दावी गरेका छन् ।

 यो जागरण अभियानले पार्टीका साथीहरुमा उत्साह थपिएको छ रानाले भने,“आन्तरिक समस्या पार्टीमा हुन्छन् त्यस्ता समस्यालाई आन्तरिक रुपमै समाधान हुन्छ ।” साथीहरुले आफ्ना विचारहरु अभिव्याक्त गरेको मानेको छु, सानातिना समस्यालाई समाधान गरेर अगाडी बढ्नु पर्छ उनले भने । पार्टीमा विभाजनका कुरा भन्दा पनि सरकारले गरेको असंवैधानिक कदम, हत्याहिंसा, भष्ट्रचार र कालोबजारीको भण्डाफोर गर्न पनि साथीहरुलाई आग्रह गरेको सभापति रानाले बताए ।

कांग्रेसले खटाएको क्षेत्र नम्वर २ प्रदेश क का केन्द्रीय प्रतिनिधि गुरु बरालले कार्यकर्तामा ठुलो निरासा नभएको तर नेताहरु ठिक भएर हिड्नु पर्ने सुझाव आएको बताए । कार्यकर्ताले नेताहरुलाई पद मिलाएर आउन आग्रह गरेको र कांग्रेसले मात्रै देशलाई राजनीतिको दलदलबाट बचाउने पाटी भएको बुझाई रहेको मैले पाएको बरालले बताए । यसलाई बाचर्य राख्न सबै नेतृत्व पंति लाग्नुपर्ने सुझाव बरालको छ ।

कुनै बेला नेपाली कांग्रेस स्याङ्जा कांग्रेसको हबकै जिल्लामा परिचित जिल्ला हो । कांग्रेसका संस्थापक नेता विपि कोइरालाले कांग्रेसको संगठन हेर्ने हो भने स्याङ्जा जाउ भन्ने शव्द अझै पनि नेता तथा कार्यकर्ताले भन्दै आएका छन् । तर कांग्रेस स्याङ्जा अझै पनि बलियो रुपमा रहेको देखिन्छ । यसका लागि नेता भन्दा पार्टी बलियो बनाउन सके र कसरी यो अवस्थामा कांग्रेस पुग्यो भन्ने विषय अझै सम्म पनि स्याङ्जा कांग्रेसले खोज्न र बहस चलाउन जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ