arrow

यात्रु नठगिऊन् भनेर यात्रु सहायता कक्ष स्थापना

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
ticket11.jpg

हेटौँडा । हेटौँडा हुँदै काठमाडौँ जाने यात्रु नठगिऊन् भनेर यहाँको सुमोपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । चाडबाडको मौका पारी यात्रुसँग बढी भाडा लिने, यात्रु तानातान गर्ने तथा तोकिएको गन्तव्यसम्म नपुर्‍याउने लगायतका विकृति बन्द गराउन एवं यात्रुलाई तत्काल सहायता गर्न उक्त कक्ष स्थापना गरिएको वडा प्रहरी कार्यालयडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार चाडबाडलाई लक्षित गरेर गत वर्ष जस्तै यस वर्ष पनि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । हेटौँडाबाट काठमाडौं जानका लागि रु ४५० भाडा तोकिएको भए पनि व्यवसायीले दशै, तिहारलगायत चाडबाडको मौका छोपी यात्रुसँग एक हजार रुपैयाँसम्म भाडा लिने गरेका छन् । यो वर्ष उक्त समस्या दोहोरिन नदिने प्रहरी निरीक्षक भण्डारीले बताए ।  

कसैले तोकिएकोभन्दा बढी भाडा लिएको पाइए प्रहरीले कार्वाही गर्ने बताउँदै उनले कुनै गाडीले नियम विपरीत काम गरेमा सहायता कक्षमा भएका प्रहरीलाई खबर गर्न तथा नेपाल प्रहरीको पैसा नलाग्ने फोन नम्बर १०० मा फोन गर्न अनुरोध गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ