arrow

मञ्चमा उभिएर हात उठाउँदैमा पार्टीको समस्या र गुटबन्दी सकिदैन: शेखर कोइराला

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
shekhar-koiralas.jpg

नुवाकोट। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले मञ्चबाट हात उठाएर हामी मिल्यौं भनेर मात्रै पार्टी भित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य पनि नहुने बताएका छन्।

नेपाली कांग्रेस नुवाकोटले गरेको दोस्रो चरणको राष्ट्रिय जागरणको समापन कार्यक्रममा विदुरमा बोल्दै कोइरालाले नेताहरुको कार्यशैलीमा परिबर्तन नआएसम्म पार्टी भित्रको तिक्तता नमेटिने बताए।

डा कोइरालाले बिभिन्न निर्वाचनको टिकट बितरणमा पार्टीबाट गल्ती र कमि-कमजोरी भएको स्विकार गर्नुहुदै डा कोइरालाले अबका दिनमा कार्यकर्तामाथी कुनै पनि अन्याय हुन नदिने प्रतिबद्धता जनाए।

डा कोइरालाले १४औं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी र भागबण्डाको राजनीतिको अन्त्य हुने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापती जगदिश्वर नरसिंह केसी, पूर्व सांसद डा शोभाकर पराजुली, जागरण अभियानका लागी नुवाकोटका लागी खटिइएका प्रतिनीधीहरु- शिबराज अधिकारी, डा राजाराम कार्की, जीवन डङ्गोल र बिनिता अधिकारी, तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंङ् शाही लगायतले मन्तब्य राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ