श्रीमती देउवाको क्षेत्रमा नेकपा परित्याग गरि दुई सय नेताकार्यकर्ता कांग्रेसमा प्रवेश
सुनिल आउजी,
प्रकाशित २०७६ असोज ७ मंगलबार
322
Shares
धनगढी ।नेपाली कांग्रेका उपसभाती तथा पुर्व उपप्रधानमन्त्री विमेलेन्द्र निधिले कम्युनिष्ट सरकार काण्डै काण्डैमा ग्रसित भएको आरोप लगाएका छन् । दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमको मंगलबार धनगढीमा भएको विरोध सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अथिति रहेका नेता निधिले सरकारलाई आरोप लगाएका हुन । नेपाली कांग्रेस कैलालीले आयोजना गरेको जिल्ला स्तरीय विरोध सभामा नेता निधीले सो कुरा बताएका हुन । अहिलेको कम्युनिष्ट सरकारले केन्द्रदेखि गाउँ नगर वडा सम्म आफ्ना कार्यकर्तालाई पाल्न भ्रष्टाचार फैलाएको पनि सरकारलाई आरोप लगाएका छन् ।
नेता विमेलेन्द्र निधिले १२ वर्षे जनयुद्ध र २०६२ -२०७३ सालको जनआन्दोनमा हजारौं जन्ताका छोराहरुले बलिदान गरेर प्राप्त गरेको नेपालको संविधानलाई नेपाली कांग्रेसको नेतृत्वमा संवधान जारी र कार्यान्वयन पनि नेपाली कांग्रेले नै गरेको वताए । पुरानो व्यवस्थालाई परिवर्तन गरी देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको रवैयाका कारण संघिय लोकतान्त्रीक गणतन्त्र र प्रजातन्त्र संकटमा पर्ने खतरा वढेको नेता निधिले बताए ।
‘यो सरकारका काण्ड हत्या हिंसा निर्मला बलात्कार काण्ड, सुन काण्ड, वाइडबडी काण्ड , भ्रष्टाचार काण्ड , सदनमा पेश भएका विधेयक काण्ड ,कर काण्ड जस्ता काण्डै काण्डमा ग्रसित छ, सरकारले जनताको हितविपरीत काम गर्दै देशलाई नै संकटमा धकेल्ने काम गरिरहेको छ ।’ अहिलेको सरकार लाई जन्ताले राम्रो संग बुझेकाले काँग्रेसको जनताले काँग्रेसकै भरोसा गर्ने उनले बताए ।
कार्यक्रका विशिष्ट अथिती नेपाली कांग्रेस की पुर्व सचेतक ईश्वरी न्यौपानेले अहिलेको सरकारले किसानका लागी खरिद गर्ने मलमा नपत्याउने खालको सरकारले भ्रष्टाचार गरीरहेको आरोप लगाएकी छन् । उनीले भनिन् किसान दाजुभाईले कहीले पनि पुग्ने गरी मल नपाएको किसानहरुले आफुसंग गुनासो गरेको कार्यक्रममा बताइन ।
विशिष्ट अथिती आसनबाट बोल्दै नेपाली कांग्रेस केन्द्रय सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नं ५ की संघीय संसदकी उम्मेद्वार डा आरजु राणा देउवाले देश भरी १ करोड ५० लाख मतदाता रहेकोले नेपाली कांग्रेले आयोजना गरेको दोस्रो चरणको राष्ट्रय जागारण अभियानको उदेश्य पनि मतदाताको समस्या अवस्था बुझन र मतदातासंग अभियानको बारेमा जानकारी दिन कांग्रेस जागरण अभियानको आयोजना गरेका बताईन ।
उनीले कांग्रेस भित्रको आन्तरीक किचलोलाई अन्त गर्न केन्द्रदेखि वडासम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिन पनि यो अभियानको उद्दश्य रहेको बताईन ।
राष्ट्रिय जागरण अभियानका क्रममा नेकपा परित्याग गरी कैलाली निर्वाचन क्षेत्र नं ५ बाट करीब दुई सय नेता कार्यकता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस जिल्ला पाटी कार्यालय कैलालीले जानकारी दिएको छ ।