arrow

विपक्षीलाई फसाउने उद्देश्यले अपहरणको नाटक गर्ने पौडेल पक्राउ

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
kidnapped.jpg.jpeg

पोखरा । पोखराबाट आफू अपहरणमा परेको भनेर नाटक गर्ने एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पोखरा–११ को फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी गराए ।

लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्यले पौडेलले अपहरणको नाटक गरेको रहस्य खुलेपछि पक्राउ गरिएको बताइएको छ । आफू अपहरण परेको भनेर पौडेलले यही असोज ४ गते मध्याह्न १:३० बजे प्रहरीलाई खबर गरेपछि निजको खोजतलास र अपहरणकारीलाई पक्राउका लागि प्रहरी परिचालन गरिएको थियो ।

असोज ५ गते उनले रुपन्देही जिल्लाका स्थानीय प्रहरीको सम्पर्कमा आएर अपहरणकारीले आफूलाई छोडी गएको भारततर्फ बोलाएको जानकारी गराएका थिए ।

प्रहरीले पौडेललाई आफन्तको जिम्मामा लगाएर थप अनुसन्धान गर्दा उनको कसैले अपहरण नगरेको तर लेनदेनको विषयमा विपक्षीलाई फसाउने उद्देश्य रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ