arrow

कांग्रेस ओखलढुंगा स्थानीय नेता कार्यकर्ताहरुसंग छलफल गरी अघि बढ्ने

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
nc_jagaran-okhaldhunga.jpg

ओखलढुंगा । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका सम्पन्न गरेको छ । देशभर जस्तै ओखलढुंगामा पनि गत भदौ २४ गतेबाट सुरुभएको दोस्रो चरणको जागरण अभियान असोज ७ गते  समापन गरेको हो । प्रदेश सभा निर्वाचन क्षेत्र स्तरिय जागरण अभियानका क्रममा दुबै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका नीति कार्यक्रमसंगै सरकाका गलत क्रियाकलापका बारेमा नागरिकलाई जानकारी गराएको कांग्रेस ओखलढुंगाले जनाएको छ ।

अभियानमा स्थानीय स्तरका विकास निर्माण, शुसासन र स्थानीय तहमा भएका भ्रष्टाचार जन्य गतिविधिका बारेमा स्थानीय नेता कार्यकर्ताहरुसंग छलफल गरी आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा योजना तय गरिएको जिल्ला उपसभापति तेजेन्द्र खनालले बताए ।

 अभियानका क्रममा पार्टीको आन्तरिक समस्या समाधानका विषयमा समेत व्यपक छलफल भएको बताइएको छ । जागरण अभियान कार्यकर्तामा थप उत्साह जागेको र नेताहरु विच देखिएको आन्तरिक द्धन्द समाधानका लागि समेत फलदायि भएको नेताहरुले बताएका छन् ।

पार्टीका संस्थापक नेता एवं पहिलो जननिर्वा्चित प्रधानमन्त्री स्व.वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेसले हिमाल, पहाड, तराई–मधेश (हिपतम) दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि सुरु गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ