arrow

बिषालु च्याउ खाएर पाल्पामा फेरि ५ जना बिरामी

logo
सीता डोटेल,
प्रकाशित २०७६ असोज ८ बुधबार
musroom.jpg.jpeg

पाल्पा रामपुर । जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खादा पाल्पाको रामपुरमा ५ जना बिरामी भएका छन् । मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका एकै ठाउँका २ घर परिवारका ५ जना बिरामी भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

बिरामी हुनेमा रामपुर नगरपालिका वडा नं.- ४ खोप्टारका ३९ बर्षका तुल बहादुर मल्ल, उनकी श्रीमती ३४ बर्षकी केसरी मल्ल, ५३  बर्षका ठग बहादुर खाँण उनका छोरा ११ बर्षका शंकर खाण, १४ बर्षका अनुप थापा रहेका छन् ।

 बिरामी मध्ये तुल बहादुर, ठग बहादुर र अनुप थापाको अबस्था मध्यम छ भने केसरी मल्ल र शंकर खाणको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिहान १० बजेतिर खाना खाएका उनीहरुलाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी रामपुर अस्पतालमा लगिएको थियो ।

 त्यहाँ सामान्य उपचार पछि मंगलवार अपरान्ह नै लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको हो । लुम्बिनी मेडिकल कलेजमा आइसियु कक्ष खाली नभएपछी उनीहरुको अहिके बुटवलमा थप उपचार भैरहेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ