जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् ।
बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको निर्माणाधीन सभाहलको निरीक्षण गर्नु पुगेका नेता महतोले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने धारणा राखे। महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताए ।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका निर्वाचित सांसद महतोले संसदीय कोषबाट नेपाल पत्रकार महासंघ धनुषा शाखालाई सभाकक्ष निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए।
पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ। महतोले भने, ‘एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त रहेका छन ।'
जनताको भावनालाई सम्मान गर्न मधेसवादी ६ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने तर्क राखेको हो ।
महतोले संविधान संशोधन नभएसम्म विरोध भइरहने बताए। 'मधेसी जनताको छातीमा गोली चलिरहेको बेला संविधान जारी भएको हो ।तर दुईतिहाइको बलमा संविधान त जारी भयो’, महतोले भने,' अहिले पनि जनता संविधानको विरोधमा रहेका छन् ।'
निरीक्षणको क्रममा राजपा का केन्द्रीय महासचिव राजिव झा, नेपाली कांग्रेस धनुषा का उपसभापति संनतोष यादव,समाजवादी पार्टी का नेता बिशुनदेव साह,अंचल बस व्यावसायिक संघ का अध्यक्ष मनोज चौधरी लगायत का व्यागतिहरु उपस्थित थियो ।