arrow

नाकालाई सहज बनाउन सरकारद्वारा भारतलाई औपचारिक रुपमा आग्रह

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1864433503.gif
काठमाडौं । झण्डै दुई महिना बढी समयदेखि भारतले सीमा क्षेत्रमा कायम गरेको अवरोधलाई हटाएर आयात निर्यात सहज बनाउने काममा सहयोग गर्न सरकारले भारतलाई औपचारिक रुपमा आग्रह गरेको छ । 

सिंहदरबारमा सोमबार अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले सीमा क्षेत्रको अवरोध हटाइ आयात निर्यात सहज तुल्याउनका लागि भारतसँग आग्रह गर्ने निर्णय गरेको हो। मधेशवादी दलको आन्दोलनलाई कारण देखाउँदै भारतले अघोषित रुपमा नेपालमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नका सामानको आयातमा रोक लगाएपछि अवरोध हटाउनका लागि सहयोग गर्न भारतलाई नै आग्रह गरेको हो।

मन्त्रीपरिषदले सरकार र संयुक्त मधेशी मोर्चाबीच जारी वार्तालाई निष्कर्षमा पुर्‍याउनका लागि इमान्दार हुन आन्दोलनकारी दलहरुलाई पनि आग्रह गरेको छ। सरकारले नजिकिंदो तिहार र छठ पर्वलाई ध्यान दिइ आपूर्ति व्यवस्थामा अवरोध नगर्न पनि मधेशवादी दलहरुसँग आग्रह गरेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ