प्रथम राष्ट्रपति डा यादव घरमै, अस्पतालमा भर्ना भएको भ्रामक प्रचार
प्रकाशित २०७६ असोज ९ बिहिबार
150
Shares
काठमाडौं। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव आफ्नै निवासमा आराम गरिरहेका छन्।भारतको चण्डिगढमा आफै अध्ययनरत मेडिकल कलेजमा हालै उपचार गराएर फर्केका डा यादव अहिले आफ्नै निवासमा आराम गरिरहेका छन्।
केहि सञ्चार माध्यमले यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको समाचार प्रकाशित गरेपछि उनको सचिवालयले सो समाचार भ्रामक भएको स्पष्ट पारेको छ। प्रथम राष्ट्रपति डा यादव साँझसम्म घरमै पारिवारिक सदस्यहरुसँग भेटघाटमा रहेको उनका सहयोगी किरण पन्थले बताए। सरकारले भने भारतमा उनको उपचारमा भएको खर्च व्यहोर्ने निर्णय गरेको छ।