arrow

१८ किलो चाँदीसहित साह पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज १० शुक्रबार
sahas1.jpg

धनुषा । धनुषाबाट भारतीय सिमावर्ती क्षेत्रतर्फ अबैधरुपमा साढे १८ किलो चाँदी लैजादै गर्दा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बासविट्टीमा शुक्रबार चेकजाँचको क्रममा सशस्त्र प्रहरीले चेकजाँच गर्दा चादी सहित पक्राउ गरेका छन ।

ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुर हुँदै सिमावर्ती क्षेत्रबाट भारततर्फ गइरहेका ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिए ।

पक्राउ पर्नेमा महोत्तरीका पीपरा गाउँपालिका वडा नम्बर ५ सहोडवा बस्ने ३० बर्षिय भरतकुमार साह रहेका हुन् । बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबर रहेको छ । पक्राउ परेका साहलाई भन्सारमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी स्रोतले  जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ