गच्छदारले पाए ११ केन्द्रीय सदस्य र ६ सय महाधिवेशन प्रतिनिधि
सुजिता बडाल,
प्रकाशित २०७६ असोज १० शुक्रबार
745
Shares
काठमाडौं। नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई अन्तिम रुप दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले तत्कालिन फोरम लोकतान्त्रिकसँग भएको सहमती अनुसार समयोजनलाई टुंगाएको हो ।
उपसभापति विमलेन्द्र निधि नेतृत्वको समायोजन समितिले तयार पारेको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेसँगै समायोजन निष्कर्षमा पुगेको हो ।
कांग्रेसमा तत्कालिन फोरम लोकतान्त्रिकसँगको एकता सकिएसँगै केन्द्रीय सदस्यको संख्यासमेत ९६ सदस्यीय हुने भएको छ । हाल केन्द्रीय समिति ८५ सदस्यीय छ ।
कांग्रेसले समायोजनका क्रममा ११ जना केन्द्रीय सदस्य गच्छदार समूहलाई दिने निर्णय गरेको हो। कांग्रेसले समायोजनलाई निश्कर्षमा पुर्याउन भन्दै उपसभापति निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दिपक गिरी सदस्य रहेको समायोजन समिति गठन गरेको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समायोजनको सबै काम अन्तिम टुंगोमा पुगेको बताए । तर को को केन्द्रीय सदस्य हुने भन्नेबारे भने नाम आएपछि मात्रै निर्णय हुने जनाए ।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिमा समेत समायोजनको प्रस्तावलाई ध्यान राखी सहमतीका आधारमा समावेश गर्ने निर्णय गरेको छ ।
बैठकले यसअघि केन्द्रीय समितिले गच्छदारलाई पार्टी उपसभापति बनाउन गरेको निर्णय र लोकतान्त्रिक फोरमका दुई सय महासमिति सदस्यको सदस्यता अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यस्तै तत्कालीन लोकतान्त्रिक फोरमलाई ६ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय भएको छ ।
महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्यलाई महाधिवेशन प्रतिनिधि बनाइएको हो । यसैगरी महासमितिको बैठकमा पर्यवेक्षकको रुपमा सहभागी १४८ जनालाई समेत प्रतिनिधि बनाइएको छ भने थप २५२ जना महाधिवेशन प्रतिनिधि दिइएको छ ।
यस्तै पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने सहमती बनेको छ ।
यस्तै प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने समेत सहमती छ ।
यसैगरी मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना, सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना दिने निर्णय बैठकले गरेको छ ।
यस्तै सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना, सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १–१ र सदस्य ७–७ जना, झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १–१ र सदस्य ५–५ जना, बारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १–१ र सदस्य ३–३ जना, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १–१ र सदस्य ३–३ जना दिने बैठकले निर्णय गरेको छ ।
यसैगरी काठमाडौं र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १–१ र सदस्य २–२ जना दिने सहमती भएको छ । यस्तै तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र भौगोलिक वनावटलाई समेत समेट्ने गरी नाम छनौट गर्ने सहमती बनेको छ ।
अन्य जिल्लामा जिल्लाहरुम भने कार्यसमितिको बैठकको निर्णयबाट तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महत्वपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्य–आमन्त्रित गर्न सक्ने बताइएको छ ।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १ हजार भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह–सचिव र सदस्य ८ जन, सुनसरी क्षेत्र नं. ३ को हकमा सदस्य संख्या ९ रहने सहमती भएको छ ।
यस्तै तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७ सय भन्दा बढी र १ हजार भन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना, तत्कालीन फोरमका ७ सय भन्दा कम र ३ सय भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना दिने सहमती भएको छ ।
यसैगरी तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३ सय भन्दा कम र १ सय भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना १ सय भन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महत्वपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य–आमन्त्रित गर्न सक्ने जनइएको छ ।
यस्तै तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३ सय भन्दा बढी क्रियाशील सदस्य रहेको नगर–उपमहानगर–महानगर कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने, ३ सय भन्दा कम र १० सय भन्दा बढी क्रियाशील सदस्य रहेको नगर–उपमहानगर–महानगर कार्यसमितिमा सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने तथा १ सय भन्दा कम क्रियाशील सदस्य रहेको नगर–उपमहानगर–महानगर पालिकाको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर–उपमहानगर–महानगर कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सक्ने बताइएको छ ।
यसैगरी २ सय वा सो भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने, २ सय भन्दा कम र १ सय भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने सहमती छ ।
यसैगरी १ सय भन्दा कम क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई गाउँ कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा सदस्य–आमन्त्रित गर्न सक्ने सहमती छ ।
यसैगरी १ सय भन्दा बढी क्रियाशील सदस्य रहेको नगर–गाउँ वडा कार्यसमितिमा उपसभापति १, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर–गाउँ कार्यसमितिको निर्णय र सहमतिमा पदाधिकारी र सदस्य संख्या तोक्ने, सय भन्दा कम, ५० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर–गाउँ वडा कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर–गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने तथा ५० भन्दा कम क्रियाशील सदस्य रहेको नगर–गाउँ वडा कार्यसमिति क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर–गाउँ वडा कार्यसमितिको बैठकको निर्णयबाट उक्त कार्यसमितिको बैठकमा सदस्य–आमन्त्रित गर्न सक्ने जनाइएको छ ।
यस्तो छ कांग्रेसको प्रेस विज्ञप्ति र निर्णय
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, एन।पी। साउँद, भीष्मराज आङ्दम्वे, देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राख्नु भयो ।
आजको बैठकमा पार्टीका उपसभापति एवं नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन समितिका संयोजक विमलेन्द्र निधिद्वारा प्रस्तुत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भातृ संघ एवं शुभेच्छुक संस्थाको समायोजन सम्बन्धी समितिबाट सर्वसम्मत रुपमा पारित भएको समायोजन सम्बन्धी सहमतिको दस्तावेजलाई बैठकमा प्रस्तुत गर्नु भयो । केन्द्रीय कार्यसमितिमा प्रस्तुत उक्त समायोजन सम्बन्धि प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत पारित गरेको छ। (पारित सहमतिको दस्तावेज यसै साथ संलग्न छ)
समवेदना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूकी कान्छी बहिनी एवं क्रियाशील सदस्य ६२ वर्षीया राधा भट्ट, पूर्व केन्द्रीय सदस्य कुमारी लक्ष्मी राईका पति ७८ वर्षीय देवेन्द्रकुमार राई, गोरखाका सहीद श्यामसुन्दर श्रेष्ठका पिता एवं समाजसेवी ८६ वर्षीय लोकबहादुर श्रेष्ठ, पूर्व राज्यमन्त्री सर्वधन राई ९खोटाङ० की माता ८६ वर्षीया कमला राई, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सदस्य किरणबहादुर माकाजु, नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका पूर्व जिल्ला सदस्य ७९ वर्षीय धु्रव भट्ट, अर्घाखाँची जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा क्षेत्र नं। ९ख० का नेपाली कांग्रेसका उम्मेदवार हिम्मतबहादुर टण्डनकी माता ९१ वर्षीया ज्ञानेश्वरी टण्डन, कास्की जिल्ला क्षेत्र नं। १ का सभापति विर्जमान गुरुङकी ८९ वर्षीया माता बाडिस्यो गुरुङ र बाजुरा साविक दहकोट गा।वि।स।का पूर्व अध्यक्ष कृष्णबहादुर रोकायाको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७६ असोज १० गते बसेको बैठकद्वारा सर्वसम्मत रुपमा पारित नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन सम्बन्धी सहमतिको दस्तावेज
नेपाली कांग्रेसको काठमाण्डौंमा आयोजित महासमितिको बैठक '२०७५ मंसिर २८–पौष ८० मा नेपाली कांग्रेसका सभापति मा शेरबहादुर देउवासँग तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षमा। विजयकुमार गच्छदारद्वारा प्रस्तुत पार्टी समायोजन र एकीकरणको प्रस्ताव अन्तर्गत मा। विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापति र २०० जनालाई नेपाली कांग्रेसको महासमिति सदस्य ९१४८ जना पर्यवेक्षक सहित० स्वीकार गरी अनुृमोदन गरेको र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी सांगठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रश्ताव पेश गर्नका लागि केन्द्रीय कार्यसमितिको २०७५ कार्तिक २० गतेको बैठकले पार्टी उपसभापति श्री विमलेन्द्र निधि–संयोजक, उपसभापति मा। विजयकुमार गच्छदार–सदस्य, सहमहामन्त्री डा। प्रकाशशरण महत–सदस्य, केन्द्रीय सदस्य श्री महेश आचार्य–सदस्य र केन्द्रीय सदस्य श्री दिपक गिरी–सदस्य रहेको समायोजन समितिको गठन गरेकोमा, पार्टीका सभापति, नेता, पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीको समेत उपस्थितिमा सम्पन्न समायोजन समितिको बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसका देहाय बमोजिमका सांगठनिक संरचनामा देहाय बमोजिम समायोजन गर्ने सहमती कायम भएको छ ।
१। केन्द्रीय कार्यसमिति सदस्य – ११ जना ।
२। केन्द्रीय कार्यसम्पादन समिति
९क० पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजनको प्रस्तावलाई समेत ध्यानमा राखी सहमतीका आधारमा समावेश गर्ने ।
३। महासमिति सदस्य
९क० महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य ९१४८ जना पर्यवेक्षक० ।
४। महाधिवेशन प्रतिनिधि
९क० महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य–महाधिवेशन प्रतिनिधि ।
९ख० महासमितिको बैठकमा पर्यवेक्षकको रुपमा सहभागी १४८ जना महाधिवेशन प्रतिनिधि ।
९ग० थप निर्णय भएका महाधिवेशन प्रतिनिधि २५२ जना ।
५। केन्द्रीय विभाग
९क० पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने ।
६। प्रदेश कार्यसमिति
९क० पार्टीले प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने ।
७। जिल्ला कार्यसमिति
९क० मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना ।
९ख० सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना ।
९ग० कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना ।
९घ० बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना ।
९ङ० सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना ।
९च० सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ७÷७ जना ।
९छ० झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १÷१ र सदस्य ५÷५ जना ।
९ज० वारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १÷१ र सदस्य ३÷३ जना ।
९झ० ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १÷१ र सदस्य ३÷३ जना ।
काठमाण्डौ र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने ।
९ञ० उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १÷१ र सदस्य २÷२ जना ।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र भौगोलिक वनावटलाई समेत समेट्ने गरी नाम छनौट गर्नु पर्नेछ ।
९ट० अन्य जिल्लामा जिल्ला कार्यसमितिको बैठकको निर्णयबाट तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महत्वपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्य÷आमन्त्रित गर्न सक्ने ।
८। प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति
९क० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १००० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह–सचिव र सदस्य ८ जना । सुनसरी क्षेत्र नं। ३ को हकमा सदस्य संख्या ९ रहने ।
९ख० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा बढी र १००० भन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना ।
९ग० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा कम र ३०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना ।
९घ० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना ।
९ङ० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महत्वपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य÷ आमन्त्रित गर्न सक्ने ।
९। प्रदेश सभा क्षेत्रीय कार्यसमिति
९क० वुँदा नं। ८ बमोजिम तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत जुन प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको छ, सोही प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुने ।
तर, सुनसरी जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा जिल्लामा भएको सहमती अनुसार हुने ।
१०। नगर÷उपमहानगर÷महानगर कार्यसमिति
९क० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।
९ख० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर कार्यसमितिमा सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।
९ग० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷उपमहानगर÷महानगर पालिकाको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर÷उपमहानगर÷महानगर कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सक्ने ।
११। गाउँ कार्यसमिति
९क० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० वा सो भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।
९ख० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।
९ग० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई गाउँ कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्ने ।
१२। नगर÷वडा गाउँ कार्यसमिति
९क० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा उपसभापति १, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा पदाधिकारी र सदस्य संख्या तोक्ने ।
९ख० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम, ५० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।
९ग० तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ५० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमिति क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर÷गाउँ वडा कार्यसमितिको बैठकको निर्णयबाट उक्त कार्यसमितिको बैठकमा सदस्य÷आमन्त्रित गर्न सक्ने ।
१३। सहमति भए अनुसारका पार्टीका विभिन्न तहमा समायोजित नामावली पार्टीको आधिकारिक प्रेस विज्ञप्ति मार्फत जानकारी गराईनेछ ।
१४। तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजनका लागि प्राप्त नाममा कुनै कैफियत देखिएमा त्यस्तो नाम हटाउन सकिनेछ ।
१५। भ्रातृ संघ एवं शुभेच्छुक संस्था ः भ्रातृ संघको केन्द्र र प्रदेश तहको समायोजनको हकमा पार्टीको केन्द्रीय कार्यसमितिले र जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर गाउँ कार्यसमितिको समायोजनको हकमा सम्बन्धित भ्रातृ संघको केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुनेछ । शुभेच्छुक संस्थाको समायोजनका लागि सम्बन्धित शुभेच्छुक संस्थाहरुसंग पार्टीले समन्वय गर्नेछ ।
१६। तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रमा प्राप्त भई जिल्लामा पठाइएका क्रियाशील सदस्यता छानवीन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने । यस सम्बन्धमा ५१ वटै जिल्लालाई छानविन र अद्यावधि गरी शिघ्रातिशिघ्र क्रियाशील सदस्यताको नामावलीको सूची अनिवार्य रुपमा केन्द्रमा पठाउन पुनः निर्देश गर्ने ।