arrow

अस्पतालका हाकिमको गाडी गुडिरहँदा एम्बुलेन्स बनाउने पैसा भएन

एक्सरे मशीन पनि चल्दैन

logo
प्रकाशित २०७६ असोज ११ शनिबार
ambulance2.png.png

खलङ्गा। जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ ।

गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताईन । तर चिकित्सक र कर्मचारीको सवारी साधन भने निरन्तर चलिरहेको छ । दुई वर्ष तत्कालीन अस्पतालका अध्यक्ष महेन्द्र शाहले पार्टीको कार्यक्रममा लिएर दुर्घटनामा परेको गाडी अहिले सञ्चालन भएको छ ।

अस्पतालजस्तो संवेदनशील ठाउँमा एम्बुलेन्स नै नहुँदा दैनिक बिरामीले सास्ती भोग्नुपरेको छ । एम्बुलेन्सको अभावमा बिरामी बोकेर, स्ट्रेचरमा राखेर अस्पताल लाने र ल्याउने काम भएको स्थानीयवासी बताउँछन् । त्यस्तै हप्ता दिनदेखि जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको छ ।

चट्याङका कारण एक्सरे मेशिनमा समस्या आएपछि बिरामीले एक्सरे गर्न पाएका छैनन् । मेशिन मर्मतका लागि प्राविधिक बोलाएको अध्यक्ष बस्नेतले बताईन् । अस्पतालमा कर्णाली प्रदेश सरकारले बजेट नपठाउँदा एम्बुलेन्स मर्मतमा समस्या आएको उनले बताईन । स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय र अस्पताल एकै कार्यालयको रुपमा रुपान्तरण पछि अहिले गाभ्ने कार्य शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ