ज्ञानेन्द्र शाहीमाथिको आक्रमण निन्दनीय – प्रदीप पौडेल
प्रकाशित २०७६ असोज १२ आइतबार
284
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ज्ञानेन्द्र शाहीमाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । शाहीमाथिको आक्रमणलाई लिएर फेसबुक तथा ट्विटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले कुनै पनि बहानामा कसैले पनि स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाउने अधिकारलाई हनन गर्न नसक्ने उल्लेख गरेका छन् ।
पौडेलले अगाडि भनेका छन्, “अभिव्यक्ति स्वतन्त्रता माथिको आक्रमण सर्वथा गलत छ । चाहे जनुसकुै बहानामा होस् कसैले कसैको पनि स्वतन्त्र रुपमा विचार राख्न पाउने अधिकारलाई हनन गर्न सक्दैन । ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न पाइँदैन । कुटेर आवाज बन्द गर्न सकिँदैन अरिंगालहरुलाई ख्याल होस् । ”