arrow

ओली सरकार भीआइपीको आवासमै करोडौं रकम खर्चिँदै 

logo
प्रकाशित २०७६ असोज १३ सोमबार
silanyas-oli.jpg

काठमाडौं । विकासका काममा सुस्त देखिएको सरकारले आफ्ना लागि भने यथेष्ट रकम खर्च गर्न थालेको छ । केपी शर्मा ओली सरकारको नियतमाथि खोट भइरहेको आरोप लागिरहँदा सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ठूलो मात्रामा रकम खर्च गर्न लागेको हो । 

सरकारले ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयका लागि  ८५ करोड रुपैयाँ खर्चने भएको जनाइएको छ । 

उक्त कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (असोज १३ गते) शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सांसद आवासका लागि १४९ रोपनी जग्गामा भीआईपीहरुका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारी भइरहेको छ । 

ओली सरकार कि भवन निर्माण गर्छ कि गाडी किन्छ । जनताका काममा ध्यान दिँदैन । यो तीतो यथार्थप्रति सत्तारुढ दल नेकपाका सत्ता बाहिर बसेका नेताहरु पनि आजित भइसके । 

उनीहरुले नै भन्न थालेका छन् – शुन्य सहनशिलता भन्ने धमाधम गाडी किन्ने र भवन बनाउने अनि चोखो कमिशन हत्याउने । के गर्नु आफ्नै पार्टी पर्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ