arrow

वर्कशप बेच्नलाई ग्राहक लिएर गएका अंसारीको हावाको टयांकी पड्किएर मृत्यु

logo
मुकेश यादव,
प्रकाशित २०७६ असोज १३ सोमबार
dead2.jpg

बारा । बाराको सीम्रौनगढ नगरपालिका ७ स्थित बजारमा रहेको मोटरसाईकल वर्कशपको हावाको टयांकी पड्किदा सोमबार विहान एक जनाको ज्यान गएको छ भने एक युवक घाईते भएका छन ।

सिम्रौणगढ नगरपालिका वडा नम्बर ४ निवासी २३ वर्षिय फैजुलाह अंसारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता रंजितसिंह राठौरले जानकारी दिए ।

उक्त घटनामा परी सिम्रौणगढ नगरपालिका वडा नम्बर १० निवासी १७ वर्षिय मेराज आलम घाईते भई कलैया अस्पतालमा उपचार भईरहेको प्रवक्ता राठौरले बताए।

मोरसाइकल वर्कशप विक्री गर्नकालागि अंसारीले आलमलाई देखाउने क्रममा हावाको टंयाकी पडकिएको प्रवक्ता राठोरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ