arrow

महरालाई राजीनामा दिन सचिवालयको निर्देशन

logo
प्रकाशित २०७६ असोज १४ मंगलबार
ncp-sachibalaya1.jpg

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएको छ।

सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको हो। सचिवालयले सांसद सचिवालयबाट समेत राजीनामा दिन निर्देशन दिएको बैठकपछि नेकपा प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए।

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्। सभामुख महराको विभिन्न पार्टी, सांसद तथा आमनागरिकले राजीनामाको माग गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ