arrow

हाम्राकुरा समाचार प्रभाव : सभामुख महराले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असोज १४ मंगलबार
mahara-resign1.jpg

काठमाडौं। जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा महरा राजीनामा दिएका हुन्।

मंगलबारै सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो। महरालाई सचिवालयले सांसद सचिवालयबाट समेत राजीनामा दिन निर्देशन दिएको छ।

राजीनामा पत्रमा महराले,'हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको छु' उल्लेख गरेका छन्।

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।

यो पनि पढ्नुहोस् :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ