arrow

दलालीकरणको संस्कार र संस्कृतिले गर्दा मुलुक खतरामा छ – देव गुरुङ  

logo
प्रकाशित २०७६ असोज १४ मंगलबार
dev-gurung.jpg

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताएका छन् ।      
     
 बेँसीशहरमा अनेरास्ववियु लमजुङद्वारा विजयदशमी, दीपावली तथा छठ पर्व २०७६ का अवसरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

विदेशीको संस्कार, संस्कृतिलाई अँगाल्दै डलरको पछि लागेर आमाबुबा, परिवार, देश बिर्संदै जाँदा जस्लाई मुलुकमा जतिबेला पनि अप्रिय घटनाहरु घट्न सक्ने उनको भनाइ छ । उनले भने, “व्यावहारिक र जनवादी शिक्षामा जोड दिनुपर्छ । नेपाली भाषा, संस्कार संस्कृतिको संरक्षण गर्नका लागि बेलैमा सचेत हुनुपर्ने समय आएको छ ।”     
     
प्रमुख सचेतक गुरुङले डलरको पछि नलागी आफ्नो मिहिनेत गर्दै नवऔपनिवेशिक संस्कृतिको विरुद्धमा आफ्नो संस्कार, संस्कृतिलाई जोगाउन जनवादी संस्कृति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सङ्घीय सांसद, नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज यशोदादेवी सुवेदी, साबिक अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज दिव्यचन्द्र सोती लगायतको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ