arrow

बाघको आक्रमणमा मृत्यु भएकाका परिवारलाई १० लाख

logo
रासस,
प्रकाशित २०७६ असोज १५ बुधबार
tiger-victime.jpg

धम्बोझी। बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ। बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको हो।

थारूका परिवारलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, नगर प्रमुख घननारायण श्रेष्ठ र श्रीरामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन्। नेपाल सरकारको नियमबमोजिम पीडितका परिवारलाई क्षतिपूतिस्वरुप उक्त रकम हस्तान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए। गत भदौको पहिलो साता बारीमा सुँगुरलाई आहारा हाल्न गएका वडा नं १ भुरीगाउँ खानेपानीटोलका ७० वर्षीय  थारूलाई बाघले बारीमै आक्रमण गरी मारेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ