arrow

अब जनावरलाई आकाशे पुल

logo
प्रकाशित २०७६ असोज १५ बुधबार
animal-bridge.jpg

राँझा । जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ । रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार, रुखमा चढ्ने र रुखकोे हाँगामा बस्ने प्रजातिहरु पुलबाट ओहोरदोहोर गर्दा सडक दुर्घटनामा न्यूनीकरण हुने र जङ्गली जनावर सुरक्षित हुने आशा गरिएको छ । निकुञ्जले पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा सडकको दायाँ–बायाँ रुखमा डोरी टाँगेर पुल बनाएको छ । जुट र रेशमको डोरी तथा स–साना काठ प्रयोग गरेर पुल निर्माण गरिएको छ ।

जङ्गली जनावरलाई सडक दुर्घटनाबाट जोगाउन निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गका छ स्थानमा यस प्रकारका आकाशे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको थपलियाले जानकारी दिए। उनले पूर्वपश्चिम राजमार्गको ओभरी–अगैयाकाबीचमा तीन स्थानमा र रत्न राजमार्गको चिसापानी क्षेत्रमा दुई स्थानमा आकाशे पुल सञ्चालनमा ल्याइएको बताए ।

पुलमा कुन वन्यजन्तुले कति प्रयोग गर्छ भन्ने सूचना प्राप्त गर्न कुडे ब्याक कम्पनीले उत्पादन गरेका नौ थान क्यामेरा जडान गरिएको छ । क्यामेरा छ महीनासम्म राखेर नियमितरुपमा अनुगमन गरिने थपलियाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ