arrow

दार्चुलामा विप्लव समुहका जिल्ला सदस्य पक्राउ

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ असोज १५ बुधबार
biplob_new.png

दार्चुला । दार्चुलामा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व समुहका जिल्ला सदस्य बसुन्धरा प्रसाद भट्ट पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट मंगलबार बेलुकी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।

मार्मा गाउँपालिका वडा नम्बर २ मटेला घर भएका ४० वर्षिय भट्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको तथा बसुन्धरा माथि अनुसन्धान भइरहेको उनले बताए । उनी माथी राज्य कसुर विरुद्धको मुद्धा चलाइने तयारी भैइरहेको समेत उनले बताए ।

विप्लवका कार्यकर्ता भट्टको साथबाट प्रहरीले जनगणतन्त्र अवधारणागत नेपालको संविधान र जनसत्ता निर्देशिकाका साथै मोबाइल फोन बरामद गरेको प्रहरी निरिक्षक जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ