arrow

महरा प्रकरणले नेपाल र नेपालीको शीर झुक्योः देउवा

logo
प्रकाशित २०७६ असोज १७ शुक्रबार
deuba-congress1.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निबर्तमान सभामुख कृष्णवहादुर महरामाथि लागेको यौन र्दुब्यवहारको आरोपमा छानविन अघि बढाउन सरकारसँग माग गरेका छन् ।

महरा प्रकरणमा पहिलोपटक औपचारिक प्रतिक्रिया जनाउदै उनले अभियोगमा मुछिएका महरामाथि निष्पक्ष छानविन हुनुपर्ने बताएका हुन्।

शुक्रवार विहान आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै देउवाले महरा काण्डले अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपालीको शीर झुकेपनि घटनामा सरकार मौन बसेकोमा आश्चर्य समेत प्रकट गरे । 

सभापति देउवाले उच्च ओहदाहामा बसेका व्यक्तिमाथि यस्तो आरोप लाग्दा सरकार मौन बस्नु रहस्यमय भएको समेत उल्लेख गरे। यो घटनाले सरकार नेपाली महिलाहरुको सुरक्षाका लागि संवेदनशील छैन भन्ने समेत देखाएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ