arrow

युवा संघको केन्द्रीय कमिटीमा तीन सय ३१ सदस्य, चार अझै पुगेनन्

logo
प्रकाशित २०७६ असोज १८ शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । तत्कालीन नेकपा एमालेको युवा संघ र तत्कालीन माओवादी केन्द्रको वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालमा मिलाएर ३३२ सदस्य तोकिएको हो । 

गत असोज १५ गते संगठनका इन्चार्ज मोहन बस्नेतको उपस्थितिमा सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ को अध्यक्षतामा बसेको बैठकले प्रस्तावित ३३१ सदस्य पारित गरेको हो । ३३५ मध्ये बाँकी सदस्य साविक वाइसिएलले मनोनित गर्ने विज्ञप्तिमा जनाइएको छ । 

पारित केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गतेका लागि आह्वान गरिएको छ । त्यस्तै युवा संघको राष्ट्रिय भेला कात्तिक २० र २१ गते काठमाडौंमा हुने भएको छ । 

केन्द्रीय सदस्यहरुलाई कात्तिक १० गतेभित्र आफ्नो नागरिकताको प्रतिलिपि, सम्पर्क नम्बर र इमेल ठेगानासहितको व्यक्तिगत विवरण केन्द्रिय कार्यालयमा दर्ता गराउन पनि निर्देश गरिएको छ ।

 

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ